Logo
३१ असार २०८२, मंगलबार

संसद भवन अगाडि एक जनाद्वारा आत्मदाहको प्रयास, प्रहरीले अस्पताल पुर्‍यायो

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०३:०१ मा प्रकाशित

काठमाडौं १० माघ। काठमाडौंको व्यस्त भागमा रहेको संघीय संसद भवनअगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन्

अहिले दिउँसो एक व्यक्तिले आफैंलाई पेट्रोल छर्केर आगो लगाएका थिए। उनको शरीरमा दनदनी आगो दन्किँरहेकैबेला प्रहरीले उनको उद्धार गरेर प्रहरीले अस्पताल पुर्याएको स्थानीयले बताएका छन्।

बानेश्वरबाट तीनकुने मार्गको मुख्य सडकमै उनले आफैंमाथि पेट्रोल खन्याएर आगो लगाएका प्रत्यक्षदर्शीले बताए। उनको परिचनय खुल्न सकेको छैन।

केही दिन अघि मात्रै एक २९ वर्षीय युवकले पनि सुन्धाराको एक मलमा आफैमाथि आगो लगाएका थिए।