Logo
८ वैशाख २०८१, शनिबार

भूकम्प पीडितलाई तत्काल राहत पुर्‍याउन मुख्यमन्त्रीको निर्देशन

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०९:०१ मा प्रकाशित

धनगढी, १० माघ। सुदूरपश्चिमको बाजुरामा गएको भूकम्पबाट पीडितलाई तत्काल राहत पुर्याउन र उद्धार गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीले निर्देशन दिएका छन्।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बाजुराको स्वामीकार्तिक गाउँपालिकको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

प्रदेशका मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्दै उनले निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री रावललले तत्काल क्षतिको विवरण संकलन गरेर विवरण आउने वित्तिकै थप राहतका कार्यक्रम घोषणा गर्ने बताएको पनि सचिवालयले जनाएको छ।

भूकम्पपछि खसेकाे पहिरोकाे ढुंगा लागेर गौमुल गाउँपालिका २ आगरकी ३५ वर्षीया जमुना रोकायाकाे मृत्यु भएकाे छ।

जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पुर्‍याएको छ। भूकम्पबाट  गौमुल गाउँपालिका १ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।  बडिमालिका २ भौनेरास्थित सत्यवादी माविको भवनसमेत भत्केको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। भूकम्पपछि जिल्लाको टेलिफोन सेवा अवरुद्ध छ।

भूकम्प सुदूरपश्चिम