Logo
१६ चैत्र २०८०, शुक्रबार

‘आत्मादहबाट निधन भएका प्रेम आचार्यलाई सहीद घोषणा गर’

अक्षरपाटी
२०७९ माघ ११ , बुधबार १२:०१ मा प्रकाशित

काठमाडौं ११ माघ। युवा उद्यमी, व्यवसयाी प्रेम प्रसाद आचार्य सन्तोषलाई तुरुन्त सहीद घोषणा गर्न माग गरिएको छ।

आचार्य बन्धु समाजले विज्ञप्तिमार्फत उनको आत्मदाहको कारण सामान्य नभइ सिंगो मुलुकको व्यथितिको कारण भएको जनाएको छ। समाजले समम्पूर्ण राजनीतिक दललाई यो घटनालाई महत्वका साथ मनन गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आत्मादहलाई एउटा समान्य पुरुषले डिप्रेशनमा गई गरेको सामान्य गल्तीको रुपमामात्र लिए देशलाई न्याय हुँदैन भन्ने बुझ्न प्रधानमन्त्री पुष्पकमल दहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रबि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन, राजपा अध्यक्ष उपेन्द्र यादब, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरु, सबै राजनीतिक दल र सरोकारवालालाई अनुरोध छ।’

विज्ञप्ति जस्ताको त्यस्तै
आचार्य बन्धु समाज नेपालले (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)–११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको दाबी गर्ने आचार्यको निधनमा अत्यनै मर्माहत भई दुःख ब्यक्त गर्दै आचार्य बन्धु समाज नेपाल हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

सचेत र शिक्षीत नागरिकसमेत भएकाले केही उनले मानेका अग्रजहरुलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि हिजो बुधबार देशको केन्द्रीय राजानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मादह प्रयास गरेका प्रेम आचार्यको आज निधन भएपछि तत्काल सहीद घोषणा गर्नुपर्ने आचार्य समाज माग गर्दछ । देशका लागि बलिदानी दिएका हजारौं सहीदभन्दा प्रेम आचार्यको योगदान कमी छैन । नेपालका हरेक क्षेत्रमा भ्रष्टाचार, कमिनखोरी, बिचौलीयाकरण रहेको, गरिव, सोझो र इमान्दार मान्छेलाई क्षिक्षा, स्वास्थ्य, रोजगारलगायतका आधारभूत आवयक्तामा पहुँच नपुगी बाच्न समस्या रहेको नेपाली समाजमा रहेको सचेत नागरीक सबैले बुझेकै कुरा हो ।

स्व आचार्यले हतियार बोकेर दिउँसै अन्धाधुन्ध गोली चलाई दर्जनौ मानिस मारेर मर्न सक्थे, भूमिगत भई सयौं मानिस मार्न सक्थे, जनतालाई गाउँमा गई झुक्याएर साँसद र मन्त्री बनी ठग बन्न सक्थे, आत्माघाती बम हानेर दशौं हजारको मानवीय क्षती गराउन सक्थे, तर त्यो भन्दा अन्तर्राष्ट्रिय समुदायलाई छलफल गर्न बाध्य गराउनेगरी देश र जनताको हीत होस भन्दै २५ वटा भन्दा बढी सुझावसहित आफैं मरेर गए, त्यसलाई माओबादीले गरेको १० बर्षे हिँसात्मक जनयुद्धभन्दा बढी मूल्यमा क्रान्तिको उपमा दिँदा जायज नै हुन्छ ।

उनी आज २०७९ साल माघ ११ गते बुधबार सदाका लागि मरेर गएपनि आचार्य परिवार, आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले उनको आत्मा अमर रहेको ठहर गरेको छ । उनले सामाजिक सञ्जालमा लेखेको उनकी श्रीमतीको खातामा बिश्वभर बस्ने नेपालीहरुलाई रकम सहयोग गर्न अनुरोधसहित आचार्य समाजले रुपैयाँ एक लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

यसमा राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै ऋण तिरिदिनुपर्ने, छोराछोरीलाई आजीबन पढाईदिनुपर्ने तथा सहिद घोषणा भने तत्काल गर्नुपर्ने जोडदार माग गर्दछ । आचार्य समाजले सरकारले सहीद घोषणा नगरे टायर बालेर आन्दोलन गर्नेछैन, देशको भौतिक सम्पतीमाथी क्षती पुर्याउने छैन, समाजले नैतिक दबाब भने दिनेछ । प्रेम आचार्यको आत्मादहबाट भएको निनले मुलुकमा नैतिकताका लागि सरकारले अरबौं खर्च गरे हुन्छ, पैसा र बिकासमा सबैथोक हैन भन्ने प्रेरणा पनि सरकार वा सरोकारवाला सबैले लिउन भन्ने समाजको सोचाई रहेको छ ।

प्रेम आचार्यको आत्मादहलाई एउटा समान्य पुरुषले डिप्रेशनमा गई गरेको सामान्य गल्तीको रुपमामात्र लिए देशलाई न्याय हुँदैन भन्ने बुझ्न प्रधानमन्त्री पुष्पकमल दहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रबि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन, राजपा अध्यक्ष उपेन्द्र यादब, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरु, सबै राजनीतिक दल र सरोकारवालाहरुले समाज अनुरोध गर्दछ । एउटा बिज्ञप्ती वा सामाजिक सञ्जालमा स्टाटस् लेखेरमात्र उनको निधनको बहस नसकियोस भन्ने बौद्धिक समाजलाई पनि समाजको अनुरोध छ ।

बाबुराम आचार्य, महासचिव