Logo
७ वैशाख २०८१, शुक्रबार

रवि लामिछानेको नागरिकता विवादबारे फैसलाका लागि न्यायाधीसहरु छलफलमा, सुरक्षा व्यवस्था कडा

अक्षरपाटी
२०७९ माघ १३ , शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकेर न्याधीशहरु फैसलाबारे छलफलमा छन्।

बिहीबार हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए। त्यसलगत्तै रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएर न्यायाधीशहरु छलफलमा छन्।

सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको थियो।

आउनसक्ने फैसलालाई लिएर यतिबेला सर्वोच्त अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।