Logo
२४ भदौ २०८२, मंगलबार

प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त

अक्षरपाटी
२०७९ माघ १३ , शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन्।

बसेको बैंक सञ्चालक समितिको बिहीबार बैठकले चार वर्षका लागि शेरचनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि शेरचन दुई कार्यकाल सीईओ बनिसकेका छन्।

सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक सीईओको जिम्मेवारी पाएका हुन।

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचन २७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन्।

उनी सन २००७ देखि प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले पाएका थिए।