Logo
२४ साउन २०८३, आईतबार

राष्ट्रिय सभाले एक वर्षपछि माघ २३ मा उपाध्यक्ष पाउने

अक्षरपाटी
२०७९ माघ १३ , शुक्रबार ०५:०१ मा प्रकाशित

काठमाडौं १३ माघ। राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गतेका लागि तय भएको छ।

राष्ट्रिय सभाको आज बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचन मिति तोकेको हो।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले माघ २३ गते बिहान ११ः५९ बजेका लागि उपाध्यक्षको निर्वाचन मिति तोकेको हो।

अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा भरत गौतमलाई निर्देशन दिएका छन्।

गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो।