Logo
१४ वैशाख २०८१, शुक्रबार

रेशम चौधरीलगायत टिकापुर घटनाका बन्दीहरु रिहाइ नभएसम्म सरकारमा जान्नाैँ : रञ्जिता

अक्षरपाटी
२०७९ माघ १४ , शनिबार १०:०१ मा प्रकाशित

बुटबल, १४ माघ। शोषित, पीडित थारु समुदायको सवाललाई उठाएर पश्चिम तराईँको कैलालीबाट उदाएको दागरिक उन्मुक्ति पार्टी यतिबेला संघीय र सुदूरपश्चिम प्रदेश सरकारमा अर्थपूर्ण भूमिकामा छ।

तर आफूले उठाएका माग सम्बोधन नभएसम्म कुनै पनि सरकारमा आफू सामेल नहुने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले बताएकी छन्।

आज बुटवलमा  पत्रकारहरुसँग कुरा गर्दै उनले माग सम्बोधन नभएसम्म संघ र प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने अडान दोहोर्याएकी हुन्।

संघीय र सुदूरपश्चिम सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष चौधरीले रेशम चौधरी र टीकापुर घटनाका अन्य बन्दीहरु रिहाई नभएसम्म संघ र प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने बताएकी हुन्।

सोही पार्टीको समर्थनमा सुदूरपश्चिमा गठन भएको सरकार विश्वासको मतको पर्खाइमा छ। उनको यो अडानले सुदूरपश्चिम सरकार समस्यामा पर्ने आकलन गरिएको छ।

वर्तमान सरकार निर्माणकै क्रममा आफूहरुका माग सम्बोधन गर्ने भनेकाले त्यो पुरा नभएसम्म सरकारमा सामेल नहुने उनको भनाइ छ।

उनले आफूहरुका माग सम्बोधन नभए सुदूरपश्चिम प्रदेश सरकारलाई पनि विश्वासको मत नदिने स्पस्ट पारेकी छन्। टिकापुर घटनाका दोषी भनिएका बन्दीहरु निर्दोश रहेको जिकिर गर्दै जेलमुक्त गर्ने काम चाँडो गर्न पनि आग्रह गरिन्।

नागरिक उन्मुक्ति रञ्जिता चौधरी