Logo
५ जेठ २०८१, शनिबार

लखनऊमा घरमै पसेर आमाछोरामाथि एसिड आक्रमण

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार ११:०१ मा प्रकाशित

एजेन्सी। भारतको विकसित सहर लखनऊमा आमा र छोरामाथि एसिड आक्रमण् गरिएको छ।

लखनऊको गोमती नगरस्थित विराम खन्डमा भएको घटनामा आमा र छोरा गम्भीर गाइते भएका छन्।

दुबैजनालाई उपचारका लागि अस्पाल भर्ना गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

बाइकमा सवार दुई युवाले बोतलमा भरेको एसिड उनीहरुको घरमै प्रवेश गरे खन्याएको बताइएको छ।

घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पारेको छ।