Logo
१३ वैशाख २०८१, बिहीबार

रास्वपाका नेता लामिछानेले लिए नागरिकता, आजै सभापति घोषणा हुने

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार ०२:०१ मा प्रकाशित

काठमाडौं १५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्ति गरेका छन्।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।

सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता प्राप्ति गरेका हुन्। लामिछानेलाई २०५० सालमा बंशजका आधारमा लिएको नागरिकता नम्बर नै उल्लेख गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो। यससँगै उनले मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका थिए।

नागरिकता पुनः प्राप्तिसँगै यता राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।

प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए।