Logo
४ वैशाख २०८१, मंगलबार

सवारी दुर्घटना न्यूनीकरण कार्यदल गठन

अक्षरपाटी
२०७९ माघ १६ , सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं १६ माघ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यमा प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव रहेका छन्।

कार्यदलले अध्ययन प्रतिवेदन बुझाउने छ।