Logo
५ जेठ २०८१, शनिबार

आफूले गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी !

अक्षरपाटी
२०७९ माघ १७ , मंगलबार ०२:०१ मा प्रकाशित

काठमाडौं, १७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफैले पाउनुपर्ने दाबी गरेको छ।

सत्तासाझेदारीका क्रममा गृहमन्त्रालय आफ्नो भागमा परेकाले अब पनि गृहमन्त्रालय आफैले पाउनुपर्ने दाबी राष्ट्रिय स्वतन्त्र पार्टीको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गृहमन्त्रीमा आफ्नो पार्टीको शक्त दाबी भएको बताएका हुन्।

‘सत्ता गठबन्धनका क्रममा गृह हामीले पाएको मन्त्रालय हो, परिस्थितिले जे भए पनि सो मन्त्रालय हाम्रै पार्टीमा आउनुपर्छ’, रास्वपाका एक नेताले बताए।

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको प्रसंगबारे अक्षरपाटीले राखेको जिज्ञासामा उनले भने, ‘स्वभावैले हाम्रो दाबी हो। बाहिर दिने कुरा मान्य हुँदैन ।’

सभापति लामिछानेले आज बालुवाटार पुगेर सोही कुरा प्रधानमन्त्री दाहालसँग आग्रह गरेको बताइएको छ।

तर, प्रधानमन्त्रीले ‘सल्लाह गर्ने’ जवाफ मात्रै दिएको बताइएको छ। गृहमन्त्रालय नपाएमा सरकारमा रही रहने कि बाहिरिने भन्ने विषयमा निर्णय नभैसके पनि स्वीकार्य नहुने रास्वपाको धारणा छ ।