Logo
२० वैशाख २०८१, बिहीबार

काठमाडौं महानगरले टुकुचा खोला उत्खनन गर्न नपाउने फैसला

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार ०८:०२ मा प्रकाशित

काठमाडौं १८ माघ। काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको भन्दै जग्गाधनीको पक्षमा फैसला गरिएको छ।

उच्च अदालत पाटनमा आज न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी ठहर गर्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो।

काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएपछि १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला काठमाडौं महानगरपालिकाले उत्खनन सुरु गरेको थियो। त्यसक्रममा जय नेपाल सिनेमा हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनिएको थियो।

महानगरको कदमलाई लिएर टुकुचा खोलामाथि घर तथा जग्गा बनाएका जग्गाधनी र संघसंस्था गरी २२ जनाले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए।

फैसलापछि अब काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न पाउने छैन।

काठमाडौं महानगर टुकुचा खोला