Logo
२२ वैशाख २०८१, शनिबार

आज विश्व सिसमासर दिवस

अक्षरपाटी
२०७९ माघ १९ , बिहीबार ०८:०२ मा प्रकाशित

काठमाडौं १९ माघ। विश्व–सिमसार दिवस आज विविध कार्यक्रमसहित मनाइँदैछ।

‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसवर्षको सिमसार दिवस मनाउन लागिएको हो।

पर्यावरण र जलाधारका लागि सिमसारको भूमिका महत्त्वपूर्ण मानिन्छ।

सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो। जसले जमिनलाई रिचार्ज गरिरहेको हुन्छ।

जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ। यस्ता सिमसार क्षेत्रहरू दुर्लभ चरा–चुरुङ्गीहरुका मुख्य बासस्थान मानिन्छ।

नेपालको सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साइबेरियादेखि चराहरु आइपुग्ने गरेका विभिन्न अध्ययनहरूले देखाएको छ।

यसबाहेक सिमसारले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ।

नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमसार क्षेत्र छन्। विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार क्षेत्र दर्ता भएका छन्।

कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताललगायत सिमसार क्षेत्र हुन्।

नेपालमा सहरीकरण तथा संरक्षणको अभावमा पछिल्ला वर्ष सिमसार क्षेत्र नासिँदै गएका छन्।

सिमसार