Logo
८ वैशाख २०८१, शनिबार

कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ०२:०२ मा प्रकाशित

काठमाडौं, २० माघ। नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक आह्वान गरेको छ।

सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो।

बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

समसामयिक राजनीतिमाथि छलफल, राष्ट्रियसभाको उपाध्यक्ष उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ।।