Logo
१५ वैशाख २०८३, मंगलबार

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ०२:०२ मा प्रकाशित

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएको आदेशको कैफियत प्रतिवेदन माग्न सर्वोच्च अदालतबाट आदेश भएको छ।

लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्धको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो । नाबालिग बालिका बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो।

उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामै राख्ने आदेश उल्टाएको थियो । उच्च अदालतको आदेश बेरितको रहेको भन्दै जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दायर भएको थियो । निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुङ्गो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ । लामिछानेविरुद्ध नाबालिग बालिकालाई जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।