Logo
१२ वैशाख २०८१, बुधबार

निसर्ग अस्पिटलद्वारा एकै दिन दुई सँस्थासँग स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ०६:०२ मा प्रकाशित

धनगढी २० माघ। सुदूरपश्चिममै सुविधासम्पन्न अस्पतालका रुपमा स्थापित धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीले एकै दिन दुई संस्थासँग स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता गरेको छ।

सम्झौताअनुसार धनगढीको बैयाबेहडीमा रहेको शारदा माध्यमिक विद्यालयका सम्पूर्ण कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट दिने भएको छ ।

विद्यालयलको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीका अध्यक्ष तिर्थराज पन्त र शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले सहुलियत दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार विद्यालयका सम्पूर्ण कर्मचारीले अस्पतालबाट जुनसुकै सेवा लिँदा विशेष छुट दिने भएको छ। सम्झौता अनुसार ०७९ माघ २० गतेबाट लागु भई एक वर्षको अवधिसम्म रहनेछ।

आजै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र एनएमबी बैंकबीच पनि सम्झौता भएको छ। ‘स्मार्ट नारी’ वचत खाताका ग्राहकलाई लक्षित गरी स्वास्थ्य उपचारमा छुट दिनेबारे दुई संस्थाबीच एमओयु सम्झौता भएको हो।

रिसर्च प्रालि र बैंकबीच एक वर्षका लागि सो सम्झौता भएको एनएमबी बैंक सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले बताए।

बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न प्रकारका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत उपलब्ध गराइने छ।

अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर महिला ग्राहकलाई अन्तरंग (भर्ना), औषधि खरिद, ल्याब परीक्षण तथा शल्यक्रियामा छुट उपलब्ध गराउने छ।

समझदारी पत्रमा एनएमबी बैंककातर्फबाट प्रदेश प्रमुख श्याम अधिकारी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक तिर्थराज पन्तले हस्ताक्षर गरेका हुन्।

निजीक्षेत्रबाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारका लागि सरलीकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गर्न योजना अघि सारेको छ।

यसअघि सिद्धार्थ बैंक लिमिटेडसँग पनि स्वास्थ्य सेवामा छुट दिने सम्झौता अस्पताले गरिसकेको छ।

निशर्ग