Logo
१५ चैत्र २०८०, बिहीबार

अमेरिकाबाट फर्किएर धनगढीमा साथी मार्ट

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ०८:०२ मा प्रकाशित

धनगढी २० माघ। अमेरिकाको बसाइ बिट मारेर नेपाल फर्किएका युवा उद्यमी प्रकाश शाहको अगुवाईमा धनगढीमा साथी मार्ट सञ्चालनमा आएको छ।

स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना बोकेर परिवारसहित स्वदेश फर्किएका शाहले मेखराज भट्टसँगको सहकार्यमा धनगढी उपमहानगरपालिका ५ पिपलचौतारमा साथी मार्टको शाखा सञ्चालनमा ल्याएका हुन्।

करिब एक करोड रुपैयाँ लगानीमा मार्ट सञ्चालनमा ल्याइएको शाहले बताए। शुक्रबारबाट बारोबार सुरु भएको साथी मार्टको यो एक सय १९ औँ शाखा भएको सञ्चालक शाहले बताए।

मार्टमा पाँच जनाले रोजगारी पाएको शाहले बताए। हसनपुर, जाइ, मटियारी, तारानगर क्षेत्रका ग्राहकलाई सुविधा पुगोस भन्ने उद्देश्यले सञ्चालमा ल्याइएको मार्टमा खाद्यान्न, सबै प्रकारका दैनिक उपभोग्य बस्तु, भाँडाकुडा, स्टेशनरी, कस्मेटिक, पेय पदार्थलगायत सामानहरु उपलब्ध छन्।

व्यवसायसँगै ग्राहकलाई भान्सामा चाहिने सम्पूर्ण सामानहरु एकै छानामुनि पाइने सेवा दिन मार्ट सञ्चालनमा ल्याइएको अर्का संचालक भट्टले बताए।

उद्घाटनका अवसरमा मार्टमा विभिन्न सामानहरुमा २५ प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको छ। साथी मार्टको आफ्नै उत्पादनमा २५ प्रतिशत, भान्सा तथा गिफ्ट आइटममा १५ प्रतिशत र किराना तथा पेय पदार्थमा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक भट्टले जानकारी दिए।

साथी मार्टसँगको फ्रेञ्चाईजमा सुदूरपश्चिममा विभिन्न व्यक्तिको लगानीमा धनगढीको चटकपुर, उत्तरबेहडी र मिलनचोक, गोदावरीको स्याँउले तथा दार्चुलामा समेत मार्ट सञ्चालनमा छन्। साथ साथी मार्टका सुदूरपश्चिम प्रदेश प्रमुख समेत हुन।

साथी मार्ट