Logo
१५ वैशाख २०८१, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक

अक्षरपाटी
२०७९ माघ २१ , शनिबार ०८:०२ मा प्रकाशित

काठमाडौं २१ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको अहिले साढे ८ बजेदेखि जारी छ।

पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादपछि गुमेको गृहमन्त्रालय पुन रास्वपाले नै पाउनुपर्ने माग राख्दै पार्टीले दुई दिनको समय दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको दुई दिनको समय आज सकिएकाले आकस्मिक बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।

सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने नभए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिएको छ।

रास्वपा