Logo
७ वैशाख २०८१, शुक्रबार

आइतबार फेरि बस्ने गरी सकियो रास्वपाको बैठक

अक्षरपाटी
२०७९ माघ २१ , शनिबार ११:०२ मा प्रकाशित

काठमाडौं २१ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।

प्रधामन्त्री पुष्पकलम दाहालले दुई दिन पर्खन भनेको समय आज साँझ सकिएपछि बसेको रास्वपाको बैठकममा केन्द्रीय सदस्य र सांसदले बोल्ने क्रम लम्बिएकाले बैठक भोलि फेरि बस्ने गरी आजलाई सकिएको पार्टी सचिवायलले जनाएको छ।

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले गृहको साँटो भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको आग्रहबारे पनि छलफल भएको बताइएको छ। तर सो विषयमा कुनै निर्णय नभएको एक सदस्यले बताए।

नागरिकता विवाद मुद्दाको फैसलापछि प्रधानमन्त्री दाहाल रास्वपालाई गृह दिन अनिच्छा गरिरहेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनको भागबन्डामा गृह रास्वपाको भागमा परेकाले दिनुपर्ने दबाब दिइरहेका छन्।

प्रधानमन्त्री भने फैसलाको पूर्ण पाठा आउन्जेलसम्म पर्खनुपर्ने बताइरहेका छन्। तर रास्वपाले सरकार छाड्ने बताएपछि भने दाहाल दबाबमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी