Logo
८ वैशाख २०८१, शनिबार

पाकिस्तानमा चरम आर्थिक संकट, डलरको मूल्य छोइ न सक्नू

अक्षरपाटी
२०७९ माघ २२ , आईतबार १०:०२ मा प्रकाशित

एजेन्सी २२ माघ। पछिल्लो समय पाकिस्तान गंभीर आर्थिक संकटको सामना गरिरहेको छ।

पाकिस्तानमा सुरु भएको महंगी र आर्थिक संकट कम हुने संकेतहरु नदेखिएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्।

पाकिस्तानमा घट्नो विदेशी मुद्रा सञ्चितीका कारण सिंगो पाकिस्तानमा संकटहरु देखिन थालेका छन्।

महंगीको मारमा जनता पिल्सिनु परिरहेको समाचारमाध्यमहरुले उल्लेख गरेका छन्। सरकारी खाद्य वितरण केन्द्रमा खाद्यान्न पाउनका लागि मानिसहरुको ठेलमठेल सुरु भएको छ।

बजारमा किनिनसक्नु महंगाई बढेको छ। पाकिस्तिनी रुपैयाँको मूल्य पचास प्रतिशतसम्म ओरालो लागेको छ। अहिले पाकिस्तानी २६० रुपैयाँ बराबर एक डलर पुगेको छ।

मिडियाहरुले पाकिस्तान ‘बास्केट केस’ (आर्थिक स्थिति निकै खराब) बन्ने दिशामा अगाडि बढेको उल्लेख गरेका छन्।

पाकिस्तानमा देखिएको आर्थिक संकटको असर भारतलगायतका देशमा पर्ने विश्लेषण गरिन थालेको छ।

गंभीर आर्थिक संकटका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बेलआउट प्याकेज ऋणका लागि आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) सँग कुराकानी गर्ने भएका छन्।

आर्थिक संकटका कारण पाकिस्तानमा उर्जा र खाद्यान्नको मूल्य अकासिएको छ। बेरोजगारी चरम बन्दै गएको छ। निर्यातको तुलनामा कैयौ गुणा आयात बढेको छ।

पाकिस्तान