Logo
१४ वैशाख २०८१, शुक्रबार

विश्वासको मत पाउलान त सुदूरपश्चिमका मुख्यमन्त्री ?

अक्षरपाटी
२०७९ माघ २३ , सोमबार ०७:०२ मा प्रकाशित

धनगढी २३ माघ। राजेन्द्र सिंह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा मनोनित भएको एक महिना पुग्नै लागेको छ।

संविधानतः उनले माघ २७ सम्म विश्वासको मत लिइसक्नुपर्ने छ। तर उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलगायत नेताको रिहाइ माग गर्दै विश्वासको मत दिन अस्वीकार गर्दै आएको छ।

यही बीचमा रावलले भने माघ २५ गते विश्वासको मत लिने तयारी गरेका छन्।

प्रदेश सभामुख भीम भण्डारीका अनुसार विश्वासको मत लिने छलफल भइरहेको छ। तर निर्णय भने भएको छैन।

आइतबार टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालते झगडिया झिकाउन आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक हुने आशा गरिएको छ।

यद्यपि सो पार्टीले विश्वासको मत दिने विषयमा भने आधिकारिक रुपमा धारणा सार्वजनिक गरिसकेको छैन।

राजेन्द्र सिंह रावल सुदूरपश्चिम