Logo
२१ वैशाख २०८१, शुक्रबार

जनसरोकारका विधेयक संसदमा प्रस्तुत गर्न सरकार गृहकार्यमा

अक्षरपाटी
२०७९ माघ २३ , सोमबार ०१:०२ मा प्रकाशित

काठमाडौं २३ गते। जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत सरकारले गृहकार्य सुरु गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयक सदनमा लगिनेछन्।

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको हो।

विधेयक