Logo
२२ वैशाख २०८३, मंगलबार

राष्ट्रियसभाको उपाध्यक्षमा अर्याल निर्वाचित

अक्षरपाटी
२०७९ माघ २३ , सोमबार ०२:०२ मा प्रकाशित

काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन्।

आज राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

सत्ता गठबन्धनका तर्फबाट अर्यालको एकल उम्मेदवारी परेको थियो। यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो।

पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन्।

उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिइन्।

ट्रेन्डिङ ( साप्ताहिक )