Logo
२३ वैशाख २०८१, आईतबार

घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु

अक्षरपाटी
२०७९ माघ २४ , मंगलबार ११:०२ मा प्रकाशित

जुम्ला २४ माघ। जुम्लाको चन्दननाथ नगरपालिका १ स्थित एक घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।

स्थानीय लोबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

आइतबार राति आगलागी हुँदा घर पुरै जलेको छ। आगलागी हुँदा घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए।

अरु घरबाट निस्किन सके पनि बालिका भने निस्कन नसकेको प्रहरीको भनाइ छ।