Logo
२२ वैशाख २०८१, शनिबार

टर्की र सिरियामा भूकम्पको कहरः ८ हजारको ज्यान गयो

अक्षरपाटी
२०७९ माघ २५ , बुधबार १०:०२ मा प्रकाशित

एजेन्सी। टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुगेको छ।

टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा कम्तिमा १ हजार ९ सय ३२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

टर्कीमा सोमबार बिहान ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको केही घन्टामै अर्को शक्तिशाली भूकम्पमा गएको थियो।

भूकम्पले सैयौँ घर र भवनहरु तहसनहस भएका छन्। उद्धार र राहतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पहल भइरहेको छ। यद्यपित अत्याधिक चिसो र हिमपातले उद्धारमा समस्या भइरहेको बताइएको छ।