Logo
२३ वैशाख २०८१, आईतबार

जब मन्त्रीलाई चिलाउने पाउडर लगाइयो …

अक्षरपाटी
२०७९ माघ २६ , बिहीबार ०८:०२ मा प्रकाशित

भारत। भारतको मध्य प्रदेशका मन्त्री बृजेन्द्र सिंहलाई अज्ञात व्यक्तिले चिलाउने पावडर लगाइदिएपछि उनले बीचबाटोमै नुहाउनु परेको छ।

मध्य प्रदेशको अशोकनगरमा विकास यात्रामा निस्किएका मन्त्री सिंहलाई कार्यक्रमकै क्रममा कसैले चिलाउने पाउडर या चिलाउनेको धुलो लगाइदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्य प्रदेशका राज्य मन्त्री तथा मुंगावलीका विधायक सिंह विकास यात्रका क्रममा गाउँ गाउँमा पुगेर सरकारका योजनाबारे जानकारी गराउनुका साथै शिलान्यास र भूमिपूजनका कार्यक्रममा सरिक भइरहेका थिए।

सोही क्रममा उनलाई कसैले चिलाउने पाउडर (खुजली) लगाइदिएपछि उनले बाटैमा नुहाउनुपरेको थियो।