धनगढी २६ माघ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलाई आज विश्वासको मत लिने अन्तिम मौका हो।
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाको हत्या आरोपमा जेल परेका आफ्ना संरक्षक रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म विश्वासको मत नदिने अडान राखेपछि हिजो बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको थियो।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद काठमाडौंमै भएका कारण हिंजोको बैठक स्थगित भएको थियो।
संविधानतः मुख्यमन्त्रीमा मनोति भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्थाअनुरुप रावलले आज १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनेछन्। तर नाउपाको अडान यथावत रहेकाले उनले विश्वासको पाउन भने मुस्किल हुने बताइएको छ।
गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए।
तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नभएसम्म मत नदिने अडान राखेको छ। जसका कारण रावल नेतृत्वको सरकार संकटमा छ।
गरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने र प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउने सम्भावना रहेको बताइएको छ।
सुदूरपिश्चम