Logo
२२ वैशाख २०८३, मंगलबार

रञ्जीता भन्छिन्: हार्नेले हो आत्मसर्पण गर्ने

अक्षरपाटी
२०७९ माघ २६ , बिहीबार १२:०२ मा प्रकाशित

काठमाडौं २६ माघ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सातै जना प्रदेश सांसदसँगको तस्बिर सार्वजनि गर्दै आफूहरुको अडान कायम रहेको आसय व्यक्त गरेकी छन्।

आज प्रदेश सभा बैठमा सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावले विश्वासको मत लिने तयारी गरिरहँदा सातै जना सांसदसहित काठमाडौंमा रहेकी रञ्जिताले कसैका सामू आत्मसमर्पण नगर्ने आसयको धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

उनीसँग बुधबार सत्तारुढ दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो वार्ता गरेको थिए। तर नाउपाले आफ्नो अडान छोडेको छैन।

बरु उनले पार्टीका सात सांसदको संयुक्त तस्बिर फेसबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ।’

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने तयारी गरे पनि नाउपा अध्यक्ष चौधरीले मिडियालाई भनेकी छन्,‘हाम्रो माग सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं।’

निर्णायक रहेको नाउपाले विश्वासको मत नदिने भएपछि रावलले बुहुमत गुमाउने छन्।

 

ट्रेन्डिङ ( साप्ताहिक )