Logo
२८ पुस २०८१, आईतबार

नेपालमा ९९९ मै मोबाइल डिस्प्ले टच फेर्न सकिने

अक्षरपाटी
२०७९ फागुन ७ , आईतबार ०२:०२ मा प्रकाशित

काठमाडौं ७ फागुन। लामो समयदेखि मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको इजी मोबाइल केयर प्रालिले नेपालमै पहिलो पटक ९९९ रुपैयाँमा मोबाइल फोनको डिस्प्लेको टच फेर्ने सुविधा ल्याएको हो।

न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको इजी मोबाइल केयरले चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमबाट आइफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जोलगायत २६ ओटा भन्दा बढी ब्राण्डका ६ सय भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको ‘एलसीडी टच’ फेर्न सकिने जनाएको छ।

इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमै पहिलोपटक यस्तो सेवा सुरु गरिएको जानकारी दिए। ‘मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य छ। उनीहरुलाई बिग्रेको ‘डिस्प्ले टच’ सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिइनेछ। यसले ग्राहकहरुको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुख हुनेछैन्’, संचालक पौडेलले भने।

नेपालमा अब हरेक घरमा हरेक व्यक्तिसँग प्राय स्मार्टफोन भएकाले कसै न कसैको फोन डिस्प्ले फुटेपनि मर्मत नगरी दुखका साथ चलाइरहेको हुन्छ। डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तिमा पनि २५ सय रुपैयाँ भन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका अवस्थालाई मध्यनजगर गरेर सो सेवा ल्याएको उनले बताए।

उनले भने, ‘तर हामीले लामो समयको अनुभव र अनुसन्धानबाट त्यस्ता समस्यालाई मध्यनगर गरी सुपथ मूल्यमा गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १०० दिनको ग्यारेन्टीका साथ ९९९ मा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएका हौं।’

हाल कुनैपनि मर्मत सर्भिस सेन्टरले मर्मत पछिको सेवामा १०० दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिइएको पौडेलले स्पष्ट पारे।

इजी मोबाइल केयरले ताम्रकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको आफ्नो विश्वस्तरीय र आईएसओ मापदण्ड अन्तरगत रहेको सर्भिस सेन्टरमार्फत नेपालमा शाओमी, रियलमी, वानप्लस, ह्वावे, जेडटीई, अल्काटेल, कुलप्याड, माइक्रोम्याक्स, इन्टेक्स, आईटेल, टेक्नो लगायत मोबाइल फोन ब्राण्डको आधिकारीक सर्भिस सेन्टर संचालन गरेको अनुभव छ।

१०० दिनको ग्यारेन्टी के हो ?

मर्मत गरी सामान फेरेको १०० दिन भित्र बिग्रिएमा निशुल्क फेरिदिने भनेको हो। यसको अर्थ भनेको गुणस्तरीय सामानको प्रयोग गरिन्छ भन्ने हो।

इजी मोबाइल केयरले फेरिदिएको डिस्प्ले टच हतपत्ति बिग्रँदैन र यदि कथमकदाचित बिग्रिहालेमा पनि निशुल्क फेरीदिने भनिएको हो। इजी मोबाइल केयरले यस क्षेत्रमा बिगत एक दशक भन्दा धेरै समय बिताएको र लामो अनुभव हासिल गरेको तथा कम्पनी प्रतिको विश्वास र ब्राण्डका कारण यो संभव भएको कम्पनीको भनाइ छ।

इजी मोबाइल केयरले हाल यो सेवा काठमाडौंमा मात्र उपलब्ध गराउने र आगामी दिनमा यसलाई देशभर ७७ जिल्लामा नै रहेका सर्भिस सेन्टरबाट ९९९ रुपैयाँमा डिस्प्ले टच फेरिदिने योजना छ।