Logo
१४ वैशाख २०८१, शुक्रबार

ग्याल्पो ल्होसारका अवसरमा कांग्रेसको शुभकामना

अक्षरपाटी
२०७९ फागुन ८ , सोमबार ०९:०२ मा प्रकाशित

काठमाडौं ८ फागुन। हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पे ल्होसार (नयाँ वर्ष) का अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश भएको उल्लेख गर्दै सभापति देउवाले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरुमध्ये ग्याल्पो ल्होसार पनि एक भएको बताएका छन्।

उनले यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा भएको उल्लेख गर्दै नेपालीको धेरै चाडपर्व मध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले लेखेका छने, ुलोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन्। सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो।ु

उनले यो ल्होसार (नयाँ वर्ष) सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस् भन्दै कामना गरेका छन्।

शेरबहादुर देउवा