Logo
१९ वैशाख २०८१, बुधबार

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसले राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुपर्छ : शेखर कोइराला

अक्षरपाटी
२०७९ फागुन ९ , मंगलबार ११:०२ मा प्रकाशित

सिन्धुली ९ फागुन। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुपर्ने बताए।

उनले निर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा मात्र राष्ट्रिय सहमति हुने समेत बताए। सिन्धुली माडीमा आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले त्यसो बताएका हुन्।

उनले राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिको उम्मेदवार दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई कांग्रेसले अघि सार्नुपर्ने धारणा राखेका हुन्।

पछिल्लो समयमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवाको समेत राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलिरहेको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने तय भएको छ।

शेखर कोइराला