Logo
८ वैशाख २०८१, शनिबार

सुदूरपश्चिमको बाजुरमा फेरि भूकम्प, जनजीवन त्रसित, पूर्व तयारी छैन

अक्षरपाटी
२०७९ फागुन १० , बुधबार ०३:०२ मा प्रकाशित

धनगढी १० फागुन। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका विछ्या आसपास केन्द्रबिन्दु बनाएर आज फेरि भूकम्प गएको छ।

आज गएको भूकम्प ५.२ म्याग्निच्युडको भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशसम्म महसुस भएको छ।

दिउँसो १ बजेर ४५ मिनेटमा गएको भूकम्पबाट परेको असरबारे जानकारी आइसकेको छैन।

यसअघि गत माघ १० गते बाजुरामै केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्पमा गएको थियो। जसमा परेर एक जनाको ज्यान गएको थियो।

त्यसअघि डोटीमा गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण चार जनाको ज्यान गएको थियो। सुदूरपश्चिममा केही समयता लगातार भूकम्प गइरहे पनि स्थानीय र केन्द्र सरकारले भने भूकम्पबाट जोगिनेबारे कुनै पूर्व तयारी भने गरेको छैन।

स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले समेत जनतालाई भूकम्पबारे चेतनामूलक कार्यक्रममा पूर्व तयारीका लागि पहल गरेका छैनन्। जबकी सुदूरपश्चिमका पहाडी भागमा परम्परागत बसोबास बाक्लो छ।

भूकम्प