Logo
७ भदौ २०८३, आईतबार

विस्तारका लागि कलंकी महाराजगञ्ज सडकको निरीक्षण

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार ०७:०२ मा प्रकाशित

काठमाडौं ११ फागुन। चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी स्वयम्भू गोंगबु चक्रपथ सडक खण्डको आज स्थलगत निरीक्षण गरिने भएको छ।

निर्माण सुरु हुनु अघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन सम्बन्धित निकायले स्थलगत निरीक्षण गर्न लागेको हो।

उप(प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदुत छन् सङलगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।

निरीक्षण बिहान ९ बजे कलंकीको मकालु पेट्रोल पम्प अगाडिबाट सुरु हुनेछ।