Logo
८ वैशाख २०८१, शनिबार

समर्थन फिर्तासहित सरकारबाट एमाले ‘आउट’

अक्षरपाटी
२०७९ फागुन १५ , सोमबार ०१:०२ मा प्रकाशित

काठमाडौं १५ फागुन। आफ्नै अगुवाईमा निर्माण भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ।

एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।

आफूले गठबन्धन बनाउँदा पुस १० मा भएको सहमतिमा माओवादी केन्द्र इमान्दार नभएको भन्दै एमालेले सरकार छोड्ने निर्णय गरेको हो।

आसन्न राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले ८ दलीय समीकरण बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गरेपछि सत्ता गठबन्धन टुटेको हो।

एमालले राष्ट्रपतिको निर्वाचन फागुन २५ सम्म पर्खने योजना बनाए पनि हिजो प्रधानमन्त्रील दाहालले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा भ्रमणमा जान मौखिक आदेशमा रोपछि भने एमालेले सरकार छोड्ने निर्णय गरेको हो।

एमाले सरकार
यो पनि हेर्नुहोस् : किसानको पनि होइन र, यो देश…!