Logo
२३ वैशाख २०८१, आईतबार

महिना दिन सरकारमा रहेका लिङ्देनले भने– नेताले कर्मचारी बिगारेका रहेछन्

अक्षरपाटी
२०७९ फागुन १६ , मंगलबार ०६:०२ मा प्रकाशित

काठमाडौं १६ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन करिब एक महिना सरकारमा सहभागी भए।

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवार छनौटका क्रममा एमाले, राप्रपालगायतसँगको गठबन्धनलाई छोडेर नयाँ आठ दलीय समीकरण बनाए।

जसले नेपाली राजनीतिक समीकरण फेरियो र राप्रपालगायत एमाले सरकारबाट बाहिरियो। पहिलोपटक पार्टी नेतृत्व गर्दै सरकारमा पुगेका लिङदेनले करिब एक महिना उपप्रधानमन्त्रीसहित सरकार सञ्चानलको अनुभव गरे।

यस क्रममा उनले अनुभव सेयर गर्दै यो देशमा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै भनेका छन्–‘कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ।’

उनले देशको आर्थिक र भूराजनीतिक विषयमा समेत विचार राखेका छन्। भनेका छन्, ‘देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।’

नेशमा रहेको नागरिक समाजप्रति निकै तितो बुझाइ प्रस्तुत गर्दै लेखेका छन्, ‘नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।’ तर पनि उनले देश बनाउन नसकिने र नबन्ने भने रहेनछ भन्दै भनेका छन्,‘देश बनाउन सकिन्छ र बन्छ।’

राजेन्द्र लिङ्देन