Logo
३० वैशाख २०८३, बुधबार

नेविसंघका दुई समूहबीच आपसमै कुटाकुट

अक्षरपाटी
२०७९ फागुन १८ , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं १८ फागुन। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच कुटाकुट भएको छ।

त्रिभुवन विश्वविद्यालयमा दुई समूहबीच झडप भएको हो। आगामी चैत ५ मा हुने स्ववीयू निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन समूह र इतर समूहबीच झपड भएको हो।

झपडमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन्।

उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफुहरूमाथि आक्रमण गरेको आरोप इतरपक्षको छ।

 

ट्रेन्डिङ ( साप्ताहिक )