Logo
२१ वैशाख २०८१, शुक्रबार

देशैभर रिक्त स्थानमा उपनिर्वाचन एकैसाथ

अक्षरपाटी
२०७९ फागुन १९ , शुक्रबार ११:०३ मा प्रकाशित

काठमाडौं १९ फागुन। देशैभर रिक्त रहेका स्थानमा आगामी बैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ।

राष्ट्रपति निर्वाचनपछि प्रतिनिधिसभा सदस्यतर्फ रिक्त हुने क्षेत्रको उपनिर्वाचनसमेत चितवन २ सँगै गर्ने निर्वाचन आयोगले तयारी थालेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ सँगै अब रिक्त हुनसक्ने क्षेत्रको उपनिर्वाचन सँगै हुनेछ।

१० वैशाखमा चितवन २ मा उपनिर्वाचन तय भएको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार भएकामध्ये निर्वाचित हुनेको क्षेत्रमा पनि सोही दिन उपनिर्वाचन हुने थपलियाले बताए।

३ चैतमा तय भएको उपराष्ट्रपति निर्वाचनमा सांसद उम्मेदवार भएर रिक्त रहेमा उक्त निर्वाचन क्षेत्रमा पनि उपनिर्वाचन सोही मितिमा हुनेछ।

निर्वाचन