Logo
१६ असार २०८३, मंगलबार

आफूलाई मत माग्न लोसपाको कार्यालय पुगे राष्ट्रपतिका उम्मेदवार

अक्षरपाटी
२०७९ फागुन १९ , शुक्रबार ०२:०३ मा प्रकाशित

काठमाडौं १९ फागुन। नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्बाङले आफूलाई मतदान गर्न लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेका छन्।

एमालेका नेताहरुसहित नेम्बाङ आज मत माग्न लोसपाको केन्द्रीय कार्यालय पुगेका हुन्। नेम्वाङसँगै एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराईसहितका नेता लोसपाको कार्यालय पुगेका थिए।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारीमा समर्थकका रुपमा लोसपा रहेको छ।

पौडेलका पक्षमा आठ दलीय गठबन्धनले देशैभर अभिभुखीकरणमार्फत मत मागिरहँदा एमालेका उम्मेदवार नेम्बाङ भने भोट माग्न विभिन्न दलका कार्यालय पुगिरहेका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )