Logo
२५ भदौ २०८३, बिहीबार

सरकारले लिटरमै बढायो दूधको ९ रुपैयाँ मूल्य

अक्षरपाटी
२०७९ फागुन १९ , शुक्रबार ०७:०३ मा प्रकाशित

काठमाडौं १९ फागुन। केही दिनअघि व्यवसायीहरुले बढाएर फिर्ता लिए पनि सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।

दूधको मूल्य बढाउनुपर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्‌मा पेश गरेको थियो।

बढाइएको मूल्यअनुसार किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर अब ६५ रुपैयाँ पुगेको छ।

ट्रेन्डिङ ( साप्ताहिक )