Logo
१४ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीविरुद्ध फौजदारी कसुरको रिट दर्ता गर्न दिन सर्वोच्चको आदेश

अक्षरपाटी
२०७९ फागुन २० , शनिबार ११:०३ मा प्रकाशित

काठमाडौं २० फागुन। प्रधानमन्त्री पुष्पकमललाई विरुद्धको रिट गर्दाका लागि सर्वोच्च अदालतले आदेश दिएको छ।

प्रधानमन्त्रीविरुद्ध फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो।

हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले सो रिट दर्ता गर्न आदेश दिएपछि आइतवार रिट दर्ता गरिन लागेको हो।

२०७६ माघ १ गते माघेसंक्रान्ति पर्वका अवसरमा दाहालले टुँडिखेलमा भाषण गर्ने क्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि (दरपीठ) दर्ता गरिएको थिएन।

दरपिठ भएपछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरूले पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट दायर गरेका थिए।

सोही रिटमा सुनवाई गर्दै न्यायधिसद्धय कार्की र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिएका हुन।

पुष्पकमल दाहाल