Logo
२९ कात्तिक २०८२, शनिबार

गजल : ‘उषा’ मुस्कुराएको बिहानी

अक्षरपाटी
२०७९ फागुन २० , शनिबार ११:०३ मा प्रकाशित

० उषा जोशी

लाग्छ बितेको जिन्दगानी समेटेर गजल लेखुँ
आँखामा छल्किने पानी समेटेर गजल लेखुँ

दुख्दा छाती यादरुपी तुफानको चोटले
जलाएर मुटु खरानी समेटेर गजल लेखुँ

भुलेर लैला मजनु अनि मुनामदनको प्रसङ्ग
आफै भित्र दुख्ने कहानी समेटेर गजल लेखुँ

भमराको नजर देख्दा हासेका गुलाबहरुमा
पारीजातको त्यो जवानी समेटेर गजल लेखुँ

कति रच्नु काला र लामा पलहरुको इतिहास
‘उषा’ मुस्कुराएको बिहानी समेटेर गजल लेखु