Logo
१३ वैशाख २०८१, बिहीबार

प्रधानमन्त्री दाहालविरुद्ध आज रिट दर्ता हुँदै

अक्षरपाटी
२०७९ फागुन २१ , आईतबार ०९:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सो रिट आज दर्ता हुने भएको छ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएपछि दुईं वर्षपछि रिट दर्ता गरिन लागेको हो।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन।

पुष्पकमल दाहाल