Logo
२२ वैशाख २०८१, शनिबार

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

अक्षरपाटी
२०७९ फागुन २१ , आईतबार ०२:०३ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा सोमबार हुने यूएईविरुद्धको खेल कुशल भुर्तेलले गुमाउने भएका छन्।

कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार उनको स्थानमा सन्दीप जोरालाई टोलीमा राखिएको छ।

कुशलले दुई साताअघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए।

उनको शतकको सहयोगमा नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक ठूलो २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो।

कुशल टिममा नरहेपछि नेपालको ओपनरमा ज्ञानेन्द्र मल्लले मौका पाउने सम्भावना छ। मल्लले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियको ईतिहासमा ७ खेलमा ओपनिङ गरि १ सय ४४ रन बनाएका छन्।