Logo
२२ वैशाख २०८१, शनिबार

युएईसामू नेपालले दियो २३० रनको लक्ष्य

अक्षरपाटी
२०७९ फागुन २२ , सोमबार ०३:०३ मा प्रकाशित

काठमडौं २२ फागुन। दुबईमा भइरहेको खेलमा नेपालले यूएईसामू २३० रनको लक्ष्य प्रस्तु गरेको छ।

आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणात्मक श्रृंखलाको आफ्नो अन्तिम खेलमा यूएईलाई सो लक्ष्य दिएको हो।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २२९ रन जोडेको हो। केलका क्रममा भीम सार्कीले अर्धसतकको सहयोग गरे। उनी ९९ बलमा ७० रन बनाएर आउट भए।

२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यू गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो।
सन्दीप लामिछाने २७ रनमा आउट भए। कुशल मल्ल ३२ रन तथा करन केसी १७ रनमा आउट भए।

लिग टू श्रृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने दबाब छ।