Logo
२२ वैशाख २०८३, मंगलबार

संगठन विस्तार गर्दै रास्वपा, निर्वाचन क्षेत्र समिति विस्तार गर्दै

अक्षरपाटी
२०७९ फागुन २२ , सोमबार ०३:०३ मा प्रकाशित

काठमाडौं २२ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्रसम्मै संगठत विस्तारमा लागेको छ।

सातै प्रदेश समिति गठन गरेको रास्वपाले अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्न लागेको हो।

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदन मागेको छ। सोही आवेदनका आधारमा निर्वाचन क्षेत्र समिति गठन गर्ने पार्टीका महामन्त्री मुकुल ढकालले बताए।

समितिमा बस्न चाहने इच्छुक व्यक्तिले चैत १५ सम्म आवेदन दिनुपर्ने र अनलाइन मत मार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने ढकालले जानकारी दिए।

ट्रेन्डिङ ( साप्ताहिक )