Logo
२६ भदौ २०८३, शुक्रबार

ढकालको उपन्यास कृति जौवा लोकार्पण

अक्षरपाटी
२०७९ फागुन २२ , सोमबार ०३:०३ मा प्रकाशित

काठमाडौं। लेखक विष्णु ढकालको पुुुस्तक जौवा लोकार्पण भएको छ।

नेपाली साहित्यको क्षेत्रमा नविनतम कृति लिएर झुल्किएका लेखक विष्णु ढकाल विगत लामो समयदेखि ग्राणिम बैंकिंङ क्षेत्रमा कार्यरत छन्।

शिखा बुक्सले प्रकाशित गरेको औपन्यासिक कृति जौवा लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका संचालक पुुष्पराज पौंडेल, पत्रकार तथा समालोचक राजकुमार बानिया, चलचित्रकर्मी तेज गिरी, मनोविद तथा लेखक डा.विजय ज्ञवाली, समाजशास्त्री प्राध्यापक विमला भट्टराई, लेखकका काका हरि ढकाल र ससुराबुुबा लक्ष्मण राज ज्ञवालीबाट संयुक्त रुपमा लोकापर्ण भएको हो।

सो पुुस्तक लोकार्पण समारोहमा स्वागत मन्तव्य राख्दै कार्यक्रमका सभापति तथा शिखा बुक्सका संचालक पुुष्पराज पौडेलले राम्रो औपन्यासिक कृति बजारमा आएकोले सबैलाई पढीदिन आग्रह गरे।

कार्यक्रममा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले कृति सफलतासँगै लेखनको निरन्तरताको कामना गरे। शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासको मुल्य ५२५ छ ।

 

ट्रेन्डिङ ( साप्ताहिक )