Logo
१९ वैशाख २०८३, शनिबार

उकालो यात्रामा सेयर बजार

अक्षरपाटी
२०७९ फागुन २३ , मंगलबार ०४:०३ मा प्रकाशित

काठमाडौं । पाँच दिनसम्म ओरालो लागेको सेयर बजार परिसूचक नेप्से छैठौं दिन थोरै बढेर सम्हालिएको अवस्थामा देखिएको छ।

आज नेप्से परिसूचकको वृद्धि अन्तिम समयमा १४.४१ अंकमा सीमित भयो। बजार न्यूनतम बिन्दु आसपास आएसँगै लगानीकर्ताहरू आकर्षित भएका हुन्।

तर, बजारले अझै स्पष्ट प्रवृत्ति देखाउन सकेको छैन। यही कारण बजारमा कारोबार रकम समेत खुम्चिएको छ।

मंगलबार कुल एक अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। आइतबारको तुलनामा यो करिब १४ प्रतिशतले कम हो।