Logo
२२ वैशाख २०८१, शनिबार

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा विभिन्न ९ विधामा अवार्ड प्रदान

अक्षरपाटी
२०७९ फागुन २३ , मंगलबार ०७:०३ मा प्रकाशित

काठमाडौं २३ फागुन। राष्ट्रिय फुटबल खेलाडी अन्जन विष्ट र राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही वर्ष खेलाडी बन्न सफल भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा उनीहरु वर्ष खेलाडी बनेका हुन्।

अन्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछि पार्दै अवार्ड जितेका हुन्।

अन्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुग्दा श्रीलंका र बङ्गालदेश विरुद्ध गोल गरेका थिए।

अरुणा शाहीले वर्ष महिला खेलाडीतर्फको अवार्ड जित्ने क्रममा क्रिकेटकी रुविना क्षेत्री बेलवासे, सीता राना मगर, पुष्पा भण्डारी र पुनम रावललाई पछि पारिन्।

अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रो पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जितेको थियो।

पिपल्स च्वाइसको अवार्ड पनि भलिबल खेलाडी उषा भण्डारीले जितिन्।‌ उषाले ३८ मत प्राप्त गर्दै अवार्ड हात परेकी हुन्।

उनले फुलटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै अवार्ड जितेकी हुन्।

राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष प्रशिक्षक चुनिए। अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो ।

यसैगरी पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलर स्पेशल अवार्ड प्राप्त गरिन्। जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेकी थिइन् । साथै उनले पलेशाले युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक पनि जितेकी थिइन्। एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन्।

वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् । लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ। नेपाललाई ऐतिहासिक रजत दिलाउने बक्सिङ खेलाडी सुष्मा तामाङका अभिभावक दानबहादुर तामाङ र मायादेबी मोक्तानलाई स्पेशल अवार्ड प्रदान गरिएको छ।

कतारका खेलकुद पत्रकार मोहम्मद हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको छ।