कैलाली। ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले ६ जना महिला अटोचालकलाई सम्मान गरेको छ।
सरकारले एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो।
अटोचालक महिलालार्य यहाँको सामाजिक विकास मन्त्रालयले १० जहार नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएको हो।
सम्मानित हुनेमा भगवतीदेवी कुँवर, छुटमनिया चौधरी, सविता चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वास्मती दहित छन्। उनीहरुले आफूहरुको कामकाे सम्मान गरिएकोमा खुशी व्यक्त गरे।