Logo
२२ वैशाख २०८१, शनिबार

एसियन कप छनोटः प्यालेस्टाइनको पोस्टमा नेपालको आधा दर्जन गोल

अक्षरपाटी
२०७९ फागुन २४ , बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं २४ फागुन। २० वर्ष मुनिको महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलको पोस्टमा आधा दर्जन गोल गरेको छ।

फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली प्यालेस्टाइनलाई दिपा शाहीले ह्याट्रिक गर्दा ६–० गोलले पराजित गरेको हो। दिपाले ह्याट्रिकसहित ४ गोल गरेकी हुन्।

यस्तै गरिमा राई दुई गोल गर्न सफल भइन्। खेलको २१ औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।

३० औं मिनेटमा गरिमा राईको गोलबाट नेपाल पहिलो हाफमा २–० ले अगाडि रह्यो। ६७औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गरिन्। ७५औं मिनेटमा उनले ह्याट्रिक पुरा गरेकी हुन् । ८२औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो गोल गरिन्।

त्यसको तीन मिनेट नबित्दै दिपाले व्यक्तिगत चौथो गोल गर्दा प्यालेस्टाइनको पोस्टमा नेपालको आधा दर्जन गोल पुगेको हो। नेपाल छनोटको समूह बी मा रहेको छ।

युएईले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेकाले अब नेपालले दोस्रो खेल सोमबार नर्दन मारियाना आइल्याण्डसँग खेल्ने छ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन्। दोस्रो चरणका उत्कृष्ट ४ टोलीले अर्को वर्ष उज्वेकिस्तानमा हुने २० वर्ष मुनिको महिला एसियन कप खेल्नेछन्।